नियम ४क१
कम्पनीको नाम सुचीकरण गराउने
(१) ऐनको दफा ८क. को उपदफा (२) बमोजिम औषधि पैठारी गर्न चाहने व्यक्तिले पैठारी गरिने, औषधि उत्पादक कम्पनीको नाम सूचीकरण गराउन चाहेमा त्यसको लागि त्यस्तो कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित कम्पनीको अख्तियारी पत्र (पावर अफ एटर्नी) संलग्न गरी अनुसूची-४ख१. बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त दरखास्त उपर आवश्यक जाचेँबुझ गर्दा पैठारी गरिने औषधि उत्पादक कम्पनीलाई सूचीकरण गर्न मनासिब देखिएमा विभागले अनुसूची-१४ बमोजिमको दस्तुर लिई त्यस्तो औषधि उत्पादक कम्पनीलाई नेपालमा औषधि पैठारी गरिने कम्पनीको रुपमा सूचीकरण गर्न सक्नेछ ।